scheduleबिहिवार श्रावण २ गते, २०७६

गर्मी अत्यधिक बढेपछि बाराका विद्यालय बन्द


बारा, ३२ जेठ । गर्मी अत्यधिक बढेपछि बाराका सम्पूर्ण विद्यालयहरु बन्द गरिने भएको छ । विद्यालयहरु असार १ गते देखि ६ दिनका लागि बन्द गर्ने
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाराको शनिबार सम्पन्न बैठकले निर्णय गरेको हो ।

बैठकले एक हप्ताका लागि जिल्लाका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । इकाइ प्रमुख अशोक रौनियारका अनुसार
विद्यार्थीहरु गर्मीको प्रत्यक्ष मारमा पर्न थालेपछि गर्मी बिदाबाट कट्टा हुने गरी विद्यालयहरु बन्द गरिएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob