scheduleबुधवार आश्विन २९ गते, २०७६

ट्रकले किचेर गर्भवती आमा र छोरीको मृत्यू

सांकेतिक तस्बिर
रौतहट, ३२ जेठ । रौतहटको गरुडा नगरपालिका-५ स्थित दुधियाभारनजिक सडक दुर्घटनामा परी गर्भवती आमा र छोरीको मृत्यू भएको छ । उनीहरुको ट्रकले किचेर शनिबार साँझ मृत्यू भएको हो ।

इट्टा बोकेर काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार कटहरिया नगरपालिका १ भषेडवाका ३५ वर्षीय सुगन्धिदेवी साह र उनका छोरी ३ वर्षीया अम्रिकाकुमारी साहको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक सुगन्धि गर्भवती थिइन् । उनको श्रीमानले चलाएको मोटरसाइलमा छोराछोरी र दम्पत्ति सवार थिए । दुर्घटनामा परेका बाबु र छोरा भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

घटनापछि स्थानीयले ट्रकमा आगजनीको प्रयास गरेका पनि सुरक्षाकर्मीले रोकेका थिए । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ट्रक चालक फरार भएपनि ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage