scheduleशुक्रवार आश्विन ३ गते, २०७६

बेललाई बार्यन म्युनिखको अफर

काठमाडौँ, १ असार । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेल यतिखेर कुन क्लब जालान् ठुलो चर्चाको विषय बनेको छ ।

यस सिजन उनले नयाँ क्लबमा जाने निर्णय लिइसकेका छन् ।

रियलका प्रशिक्षक जिनेदान जिदानसँग उनको सम्बन्ध बिग्रिएपछि उनले अन्ततः क्लब छोड्ने निर्णय गरेका हुन् ।

उनलाई बार्यन म्युनिखले अफर गरेको बताइएको छ ।

लोनमा भएपनि उनी एक वर्षका लागि बार्यन जाने सम्भावना बलियो देखिएको छ ।

उनलाई क्लबले ३ लाख ५० हजार पाउण्ड प्रत्येक हप्ता दिन बार्यन तयार समेत रहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage