scheduleबुधवार श्रावण १ गते, २०७६

बार्सिलोनामा फिट नभएका कोटिन्हो कुन क्लबमा फिट होलान् त ?

काठमाडौँ, १ असार । बार्सिलोनाका स्टार खेलाडी फिलिपिन्हो कोटिन्होलाई क्लबले बेच्ने हल्ला व्यापक चलिराखेको छ ।

ब्राजिलबाट सानदार खेल खेल्दै आइरहेका उनले कोपा अमेरिका कपमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

उनलाई यदी क्लबले बेचेमा उनी कुन क्लब जान सक्ने सम्भावना बलियो रहेको छ यसबारे चर्चा चल्न थालेको छ ।

मिडिया रिपोर्टका अनुसार उनी चेल्सी जानसक्ने सम्भावना बलियो रहेको छ । इडिन हजार्ड रियल मड्रिड गएसँगै चेल्सी नयाँ खेलाडीको खोजीमा रहेको छ ।

तर, चेल्सी दुई सिजनका लागि खेलाडी किन्न प्रतिबन्धित छ । उनी पिएसजी जानसक्ने सम्भावना पनि उत्तिकै बलियो रहेको छ । यस सिजन पिएसजीले केही नयाँ खेलाडी किन्ने मनस्थिति बनाएको र लिष्टमा कोटिन्हो पनि रहेको बताइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob