scheduleबिहिवार श्रावण २ गते, २०७६

प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या !

एजेन्सी, १ असार । भारतमा एक युवतीले  प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

जुन ७ मा दिल्लीमा बस्ने सुरेश नामक व्यक्तिको धारिलो हतियारद्वार हत्या भएको थियो । हत्या लगत्तै प्रहरीले छानबिन सुरु गरेको थियो । सुरेशकी पत्नी अञ्जु र उनका प्रेमी शिबमको योजनामा उक्त हत्या भएको प्रहरीले जनाएको छ । हाल अञ्जु र र शिबम प्रहरीको निमन्त्रणमा छन् । प्रहरीले हत्यामा संलग्न एकजना नाबालकलाई समेत पक्रेको छ भने अमन नामक अर्का व्यक्ति फरार अझै छन् ।

अञ्जु र शिबम यसरी फँसे प्रेमसम्बन्धमा 

सुरेशले दिल्लीको एक सांसद क्वार्टरमा काम गर्थै । सुरेश र अञ्जुको सम्बन्ध आत्मीय थिएन । अञ्जुको उमेरभन्दा सुरेशको उमेर निकै बढी थियो । सुरेशले घरमा साथीहरु लिएर आउने गर्थे । अञ्जुलाई चिया-नास्ता पकाएर खुवाउन भन्थे । माया पनि नगर्ने र साथीहरु ल्याएर हैरान पार्ने कार्यबाट अञ्जु निकै वाक्क भइसकेकी थिइन् ।

सुरेशसँग निकै दिक्क भएर अञ्जुले एक पटक बिष सेवन समेत गरेकी थिइन् ।

शिबम र अञ्जुबीच पहिलादेखि नै चिनजान थियो । बेलाबेला दुबैको भेट हुने गर्थ्यो । भेटघाट बाक्लिँदै गएपछि अञ्जुले आफ्नो र सुरेशबीच नराम्रो सम्बन्ध भएको बताइन् । अञ्जुको अवस्था देखेर शिबमलाई दया लाग्यो । दुबैजना निकै नजिक भए र गहिरो प्रेमका परे ।

यसैबीच दुबैजनाले सुरेशको हत्या गर्ने र घरजम गर्ने निधो गरे ।  अञ्जु र शिबमको योजनामा नै जुन ७ मा धारिलो हतियारले घाँटी रेटेर सुरेशको हत्या भएको थियो ।

सुरेशको हत्या गर्ने योजना यसरी बनेको थियो 

प्रेमसम्बन्ध गहिरिँदै गएपछि अञ्जु र शिबमले सुरेशको हत्या गरी नयाँ जीवन सुरु गर्ने निर्णय गरे । यसका लागि उनीहरुले हत्या गर्ने मानिस खोजिरहेका थिए । यसैबीच शिबम र अमनको भेट भयो । अमनले पैसा पाएदेखि सुरेशको हत्या गर्ने कुरा शिबमलाई बताए ।

शिबमले अमनले भनेको कुरा अञ्जुलाई सुनाए । र अञ्जुले शिबमलाई सुरेशको हत्या गर्न भन्दै ७००० दिइन् । पैसा पाएपछि अमन र १५/१६ वर्षीय बालक सुरेश बस्ने फ्ल्याटमा छिरे । अनि धारिलो हतियार प्रयोग गरेर सुरेशको हत्या गरे ।

सुरेशको हत्या हुनुपूर्व उनी बस्ने फ्ल्याटमा २ जना मानिस आएको प्रत्यक्षदर्शीले बताएका छन् । हत्या हुनुपूर्व अञ्जु र शिबमको लामो समयसम्म कुराकानी समेत भएको थियो ।

अञ्जुले प्रहरीलाई आफू र शिबम मिलेर सुरेशको हत्या योजना बनाएको बयान दिएकी छन् ।  शिबमले  समेत सोही कुरा भनेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob