scheduleमगलवार मंसिर ३ गते, २०७६

१५ कम्पनीलाई हकप्रद सेयर निष्कासन अनुमति

काठमाडौं, १ असार । नेपाल धितोपत्र बोर्डले १५ वटा कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले पछिल्लो एक वर्षको अवधिमा १५ वटा कम्पनीको ४ अर्ब ३२ करोड ६८ लाख ५० हजार ८७३ रुपैयाँ बराबरको ४ करोड ३२ लाख ६८ हजार ५०८ दशमलव ७३ कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको हो ।

बोर्डमा १० वटा कम्पनी हकप्रद सेयर निष्कासनको अनुमतिको पर्खाइमा रहेका छन् । यी कम्पनीले ५ अर्ब २६ करोड ३७ लाख ८८ हजार ९४६ रुपैयाँ बराबरका ५ करोड २६ लाख ३७ हजार ८८९ दशमलव ४६ कित्ता निष्कासनका लागि आवेदन दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार आवेदन दिनेमा श्रीराम सुगर मिल्स, न्यांग्दी गु्रप पावर, ग्लोबल आईएमई लद्युवित्त वित्तीय संस्था, मुक्तिनाथ विकास बैंक, सिर्जना फाइनान्स, समता लद्युवित्त वित्तीय संस्था, बमी लद्युवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर कम्पनी, अपी पावर कम्पनी र युनाइटेड इन्सुरेन्स कम्पनी रहेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage