scheduleशनिवार श्रावण ४ गते, २०७६

गुठी विधेयकबारे यसो भन्छन् प्रधानमन्त्री ओली

 

काठमाडौं, १ असार । विवादित बन्दै गएको गुठी विधेयकबारे प्रधानमन्त्री केपी शर्माे ओलीले मुख खोलेका छन् ।

आइतबार बिहान युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका हुन् । उनले विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।

सरकारले जनतालाई दुखी बनाउन नखोजेको भन्दै त्यसभित्र रहेको विकृति हटाउन खोजेको प्रधानमन्त्रीको भनाइ छ । गुठीको नाममा कतिपय ठाउँमा जग्गा शोषण भएको भन्दै त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको प्रधानमन्त्रीको भनाई छ ।

सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन ।’

गत जेठ २५ गते यूरोपको भ्रमणमा गएका प्रधानमन्त्री आइतबार स्वदेश फर्किएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob