scheduleशनिवार श्रावण ४ गते, २०७६

अज्ञात समूहद्वारा एक्स्काभेटरमा आगजनी

फाइल फोटो

सोलुखुम्बु, १ असार । सोलुखुम्बुको तिङ्ला भदौरेमा रहेको ८६ मेगावाट क्षमताको हाइड्रोपावरको एक्स्काभेटरमा आगजनी भएको छ । निर्माणाधीन हाइड्रोपावरमा प्रयोग गरिएको एक्स्काभेटरमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट बिहान ७ बजे प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन भएको जनाइएको छ ।

आगजनी भएको एक्स्काभेटर हाइड्रोमा कार्यरत कन्स्ट्रक्सन कम्पनीको भएको हाईड्रोपावरका निर्देशक भिम पाठकले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob