scheduleबुधवार श्रावण १ गते, २०७६

प्रहरीको गाडी लक्षित गरी विस्फोट, ८ को मृत्यु

मोगादिसु, १  असार । सोमालियामा प्रहरीको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा परी आठ प्रहरीको मृत्यु भएको छ ।

सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी गराइएको सो बिस्फोटमा तीन जना  सख्त घाइते भएका छन् ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन ।   सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob