scheduleबुधवार मंसिर ४ गते, २०७६

उडिरहेका जहाज आसपमा ठोक्किए, पाइलटको मृत्यु

एजेन्सी, १ असार । न्युजिल्याण्डमा आकाशमा उडिरहेका २ वटा जहाज एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

आकाशमा उडिरहेका २ वटा साना आकारका जहाज एकआपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् । उक्त दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जहाजका पाइलट भएको बताइएको छ ।

आकाशमा उडिरहेको बेला ठोक्किएपछि दुबै जहाजमा आगो लागेको थियो । ठूलो आवाजसहित ठोक्किएका जहाज जमिनमा आगोको मुस्लोसहित खसेका प्रत्यक्षदर्शीले बताएका छन् ।

जहाज ठोक्किनुको कारणबारे अनुसन्धान भइरहेको न्युजिल्याण्डका अधिकारी‍ले बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage