scheduleसोमवार आश्विन ६ गते, २०७६

अमेरिका हिँडेका २४ आप्रवासी ग्वाटेमालामा समातिए

फाइल फोटो

ग्वाटेमाला, १ असार । मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना बच्चा पनि रहेको जानकारी दिए । पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।

प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ । गत वर्ष मेक्सिको–अमेरिका सीमामा भेला भएका ठूलो संख्याका आप्रवासीहरु ग्वाटेमाला हुँदै गएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई नरोके अमेरिकी सहायता बन्द गर्ने चेतावनी दिएका छन् ।

गत शुक्रबार पनि प्रहरीले क्यामरुन र बुर्किनाफासोका १३ जना आप्रवासीलाई ग्वाटेमालाको सीमामा पक्राउ गरिएको थियो । रासस/एएफपी

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage