scheduleमगलवार भाद्र ३१ गते, २०७६

स्वतन्त्रताको पक्षमा गगनको गर्जन (भिडियो)

काठमाडौं, १ असार । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले संसदको बैठकमा बोल्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लाग्न आह्वान गरेका छन् ।

आइतबार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता पक्षका सांसदहरु पनि यसको पक्षमा लाग्न आवश्यक रहेको तर्क गरे । व्यंग्यात्मक अभिव्यक्तिमार्फत् उनले वर्तमान सरकार पूर्णरुपले अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा लागेको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन आह्वान गर्नुभएको छ ।

नेता थापाले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तिलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गरे ।

सरकारले आफूलाई मन नपरेकाको मुख थुन्दै गएको भन्दै उनले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गर्नुभयो ।

‘प्रधानमान्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्ने साथीहरु पनि होसियार ! किनकि यहाँ अब कोही पनि सुरक्षित छैन । यो कानुन पारित भइसकेपछि यो कानुनको कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौँ,’ उनले भने, ‘यहाँ केबल सरकारका अरिंङगालहरु मात्र सुरक्षित रहन सक्छन् ।’

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने सरकारका प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको महत्वका बारेमा अन्तराष्ट्रिय जगतमा भाषण गरेको भन्दै उनले व्यंग्य गरे ।

हेर्नुहोस् उनको मन्त्वय-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage