scheduleमगलवार कार्तिक २६ गते, २०७६

थानकोटबाट लागू औषधसहित ६ जना पक्राउ

काठमाडौं, १ असार । महानगरीय प्रभाग नागढुंगाले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

राजधानीको प्रवेशद्वारमा छुटाछुटै चेक जाँच गर्ने क्रमा ठुलो परिमाणमा लागू औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धरानबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको को यात्रु बाहक बसबाट भारतको विहार घर भएका १९ वर्षी महम्मद सविरलाई पक्राउ गरेको बताए ।

थापाका अनुसार उनले साथबाट लागू औषध डाईजेल्याब १०० एम्पल, फेनारगन १०० एम्पल, नुफिन १०० एम्पल फेला छ ।

यसैगरी  नारायणगढबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ५ ख ९५५ नम्बरको यात्रु बाहक बस चेक जाँच गर्दा सोही बसमा यात्रा गरी आएका सिन्धुपाल्चोक घर भएका ३४ वर्षीय विदुर थापाको साथबाट लागू औषध डाईजेपाम ५० एम्पल, फेनारगन ५० एम्पल, नुफिन ५० एम्पल र नाईट्राभेट १८० ट्यावलेट फेला परेको छ ।

चेक जाँचकै क्रममा नेपालगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ६ ख २९४१ नम्बरको बसबाट नेपालगंज घर भएका १९ वर्षीय रविन थापा र ठाउँका २० वर्षीय विबेक बस्नेतलाई ३२.६५ ग्राम लागू औषध खैरो हेरोईनसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोही घटनामा अनुसन्धान गर्दै जाँदा नेपालगंजका २३ वर्षीय शशांक मल्ल र सोही ठाउँका २२ वर्षीय विशाल रन्जित समेतलाई पक्राउ गरिएको बृत्त प्रमुख थापाको भनाई छ ।

पक्राउ परेका विरूद्द लागू औषध ऐनअन्तर्गत म्याद थप गरी मुद्दा चलाइने थानकोट प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage