scheduleबुधवार श्रावण १ गते, २०७६

पाकिस्तान र भारतबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं, १ असार । एकदिवसीय क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीच जारी खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

खेल अवरुद्ध हुनुअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले ४६.४ ओभरमा ४ विकेट गुमाउँदै ३०५ रनको योगफल जोडेको छ । भारतका लागि रोहित शर्माले ११३ बलमा १४० रन बनाउँदै आउट भएका छन् ।

त्यस्तै केएल राहुले ७८ बलमा ५७, हार्दिक पाण्याले १९ बलमा २६ रन बनाएर आउट भएका थिए । तर भारतका स्टार ब्याट्सम्यान महेन्द्रसिंह धोनी भने २ बलमा नै १ रन बनाएर आउट भएका छन् ।

भारतका कप्तान विराट कोहली र विजय शंकरले ब्याटिङ गर्दै गर्दा वर्षा भएको छ । कोहलीले ६२ बलमा ७१ रन र शंकरले ६ बलमा ३ रन बनाएका छन् ।

पाकिस्तानका लागि मोहम्मद अमिरले २ विकेट लिएका छन् । त्यस्तै वाहाव रियाज र हसन अलीले १/१ विकेट लिएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob