scheduleबिहिवार श्रावण २ गते, २०७६

रुपन्देहीका सुकुम्बासी बालुवाटारको मालिक बनेः गगन थापा (भिडियोसहित)


काठमाडौं, १ असार । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिकाले आइतबार काठमाडौंमा गुठी विधेयकको विरुद्धमा ‘विरोध सभा’ आयोजना गर्‍यो । विरोध सभामा सहभागी नेताहरुले संसद्मा पेश गरिएको गुठी विधेयक तत्काल फिर्ता गर्नुपर्ने बताए ।

नेता प्रकाशमान सिंहले सरोकारवालासँग छलफल र परामर्श गरेर गुठी विधेयक ल्याउनुपर्ने बताए । उनले भने, ‘गुठी विधेयक नेपालको संस्कृति र सभ्यतामाथिको प्रहार गर्ने किसिमले आएको छ, यो काङ्ग्रेसलाई मान्य हुँदैन ।’

सरोकारवालासँग छलफल र परामर्श नगरी गलत मनसायबाट गुठी विधेयक आएको उनको भनाइ छ । उनले गुठी अधिकार सुरक्षित गर्न काङ्ग्रेसले सदन र सडकमा आन्दोलन गर्ने स्पष्ट पारे । नेता सिंहले वर्तमान सरकारले गुठी विधेयकबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।

काङ्ग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको विधेयक कुनै हालतमा काङ्ग्रेसले नमान्ने बताए । ‘सरकारले प्रेस स्वतन्त्रता, मानव अधिकार आयोग, गुठियारमाथि दमन गर्न खोजेको छ’, उनले भने ।

उनले नेपालको सभ्यता नेवार सभ्यताबिना असम्भव रहेको भन्दै नेवारको धर्म, संस्कृति परम्परालाई हस्तक्षेप गरे काङ्ग्रेस कडारूपमा आन्दोलनमा उत्रने उल्लेख गरे । धर्म संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले गुठी विधेयकले धर्म परम्परा र जात्रामाथि प्रहार गर्न खोजेको बताए ।

कार्यक्रममा युवा नेता गगन थापाले गुठी विधेयकले नागरिकलाई फाइदा नगर्ने ठोकुवा गरे । उनले नेकपा नेता विष्णु पौडेलको नाम नलिई बुटवलको सुकुम्बासी बालुवाटारको मालिक भएको उदाहरण दिँदै गुठी विधेयकको विरोध गरे ।

सभामा कांग्रेसका युवा नेता गगन थापाले के भने ? सुन्नुहोस् उनको मन्तव्य-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob