scheduleशनिवार श्रावण ४ गते, २०७६

भारतको सामु कमजोर देखियो पाकिस्तान

काठमाडौँ, २ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गरेको छ । विश्वकपमा यो भारतको लगातार तेस्रो जित हो ।

टर हारेर व्याटिङ गरेको भारतले पाकिस्तानलाई ३ सय ३७ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले जवाफी ब्याटिङ गतिलो गर्न सकेन । खेल वर्षाले प्रभावित बनेको थियो ।

डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाए पनि ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनायो ।

झुर व्याटिङ गरेको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि फकर जमानले ६२ रन, बाबर आजमले ४८, इमाद वासिमले ४६ रन, शादब खान २० रन जोडे ।

भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले दुर्इदुई विकेट लिए ।

भारतका लागि रोहित शर्माले १ सय ४० रन जोडे । लोकेश राहुलले ५७ रन, विराट कोहलीले ७७ रन, हार्दिक पाण्ड्या २६, महेन्द्र सिंह धोनी १ रन, विजय शंकर १५ र केदार जादव ९ रन जोडे ।

पाकिस्तानका मोहमद आमिरले तीन विकेट हात पारे । हसन अलि र वहाव रियाजले एकएक विकेट लिए ।

भारतले ४ खेलबाट ७ अंक जोडेको छ ।

पाकिस्तानको यो तेस्रो हार हो । पाकिस्तानले ५ खेलमा ३ अंक जोडेको छ ।

भारतविरुद्ध विश्वकपमा पाकिस्तानको यो सातौं हार हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob