scheduleसोमवार आश्विन ६ गते, २०७६

आठ महिनाभित्रै बजेट सक्ने मुख्यमन्त्री पोखरेलको उद्घोष

फाइल तस्बिर

काठमाडौं, २ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ८ महिनाभित्र नै बजेट खर्च गरिसक्ने बताएका छन् ।

आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री पोखरेलले सोमबार पत्रकार सम्मेलनमा यस्तो दाबी गरेका हुन् । चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आर्थिक वर्षमा ८ महिनामै बजेट खर्च गरिने बताए ।

मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेके भन्दै उनले प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने समेत बताएका छन् । ‘अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ’, उनले भने, ‘काठमाडौं केन्द्रीत अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन, त्यसैले अर्थतन्त्रलाई प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने अवस्था आइसक्यो ।’

पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोडको बजेट पेश गरेका थिए । तर विपक्षी नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको आरोप लगाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage