scheduleमगलवार कार्तिक २६ गते, २०७६

प्रचण्ड भन्छन्- जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन


काठमाडौँ, २ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताप्रति इमान्दार बन्न आह्वान गरेका छन् । प्रचण्डले एकताको बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्नेमा जोड दिए ।

शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले सोमबार पार्टी कार्यालय धूम्रबाराहीमा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले एकताका क्रममा गरिएको सहमतिलाई इमान्दारीपूर्वका कार्यान्वयन गर्दै महाधिवेशनसम्म गएर विचार, राजनीति र कार्यनीतिलाई अझ विकसित र परिमार्जन गर्नुपर्ने धारणा राखे ।

उनले थपे, ‘पार्टी एकतालाई सुदृढ गर्ने र बाँकी रहेका कामलाई टुङ्ग्याउने तथा भएका सहमति, समझदारीमा इमान्दारिसाथ उभिनुपर्छ ।’ अध्यक्ष प्नचण्डले स्पष्ट मान्यता र सिद्धान्तअनुसार पार्टी एकता गरिएको जिकिर गरे ।

‘नेपाली जनताका अगाडि गरिएका बाचा कबोल हामी कसैले पनि बिर्सन हुँदैन,’ उनले भने, ‘यसबाट कसैले दायाँबायाँ गर्न खोज्यो भने त्यो नेपाल राष्ट्र र नेपाली जनताप्रति घात हुनेछ ।’

मार्क्सवादको निर्देशन र पथप्रदर्शनमा समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यले दुई पार्टीबीच एकता भएको उनले स्मरण गराए । ठूला पार्टीबीचको एकताका क्रममा केही जटिलता देखिएको भए पनि एकताको मर्मअनुसार अन्तिम रुप दिइने उनले स्पष्ट पारे ।

उनले भने, ‘दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरेर ठूलो ऐतिहासिक र आसाधारण कामको शुरुआत गरिएको छ, सिद्धान्तहीन ढङ्गबाट पार्टी एकता गरिएको होइन ।’

पार्टीको लक्ष्यलाई नबुझेर कतिपयलाई ‘अलमल’ हुनसक्छ भन्दै उनले थपे, ‘पार्टीले सामूहिक ढङ्गले राजनीतिक प्रतिवेदन तयार पार्दा हिजोका दुबै धारका वरिष्ठ नेताको सर्वसम्मतिमा दुबै पार्टीका उच्च निकायबाट पारित गरेर आगामी बाटो टुङ्ग्याइएको हो ।’

नेकपाभित्र ईश्वर पोखरेल लगायतका नेताहरुले नयाँ पार्टीको विचार जनताको बहुदलीय जनवाद नै हुनुपर्ने बताइरहेको बेला प्रचण्डले भने, ‘जनताको बहुदलीय जनवादको भूमिका होस् वा एक्काइसौँ शताब्दीको जनवाद तथा माओवादी जनयुद्धले खेलेको सकारात्मक भूमिकाको मूल्याङ्कन गर्दै अगाडि जानका लागि इतिहासका ती अनुभव, नीति, कार्यक्रमलाई परिमार्जन गरिनुपर्छ । यी विषयलाई विकसित गरेर जानुपर्छ भन्ने मान्यतासाथ हामीले पार्टी एकता गरेका हौँ ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage