scheduleबुधवार मंसिर ४ गते, २०७६

जम्मु-काश्मिर भिडन्तमा भारतीय सेनाका मेजर शहीद, ३ जवान घाइते

एजेन्सी, २ असार । जम्मू-काश्मिरको अनन्तनागमा सेना र विद्रोहीबीच भएको भिडन्तमा भारतीय सेनाका मेजरको ज्यान गएको छ ।

भिडन्तमा परी ३ जना जवान घाइते भएको र एक जना विद्रोही समेत मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सोमबार बिहान विद्रोही लुकेर बसेको थाहा पाएपछि सेनाले सर्च अपरेशन सुरु गरेको थियो । यस क्रममा सुरक्षाकर्मी र विद्रोहीबीच गोली हानाहान भएको थियो ।

ज्यान गुमाउने मेजर र घाइते जवान १९ राष्ट्रिय राइफल्सका रहेका छन् । यसअघि  सोही क्षेत्रमा गत बुधबार भएको मुडभेडमा परी सिआरपीएफका ५ जनाले ज्यान गुमाएका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage