scheduleबुधवार मंसिर ४ गते, २०७६

वेस्ट इण्डिजद्वारा बंगलादेशसामु ३२२ रनको लक्ष्य, होप शतक पूरा गर्न चुके

काठमाडौं, २ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा वेस्ट इण्डिजले बंगलादेशलाई  ३२२ रनको लक्ष्य दिएको छ ।

टाउन्टनमा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रेको वेस्ट इण्जिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि शाइ होपले सर्वाधिक ९६ रन बनाएर आउट भएका थिए । उनले  १२१ बलमा चार चौका र एक छक्का प्रहार गर्दै उक्त योगफल बनाएका हुन् । होप ४ रनले शतक पूरा गर्न चुकेका थिए ।

त्यस्तै इभिन लुइस र शिमरन हेतमायरले अर्ध शतक पूरा गरेका थिए । लुइसले  ६७ बलमा छ चौका र दुई छक्का प्रहार गर्दै ७० रन र  हेतमायरले २६ बलमा चार चौका र तीन छक्का हान्दै ५० रनको योगदान गरेर आउट भएका थिए ।

त्यस्तै जेसन होल्डरले १५ बलमा चार चौका र दुई छक्कासहित ३३ रन, निकोलास पूरनले ३० बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाएर आउट भए ।

डारेन ब्रेभोले १५ बलमा दुई चक्कासहित १९  रन बनाएर आउट भए भने ओशेन थोमस ११ बलमा  ६ रन बनाउँदै अविजित रहे । तर आजको खेलमा क्रिस गेल र आन्द्रे रसेलको ब्याट चल्न सकेन । गेल १२ बल र र‍सेल २ बलमा कुनै रन नजोडी आउट भएका थिए ।

बंगलादेशका लागि मुस्तफिजुर रहमानले मोहम्मद शैफुदिनले सर्वाधिक ३/३ विकेट लिएका थिए ।  शकिब अल असनको /२ विकेट रह्यो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage