scheduleमगलवार आश्विन २८ गते, २०७६

सि जिनपिङलाई पुटिनको ‘आइसक्रिम बक्स गिफ्ट’, भन्छन्- तपाईजस्तो साथी पाउँदा खुसी छु

एजेन्सी, २ असार । चीनका राष्ट्रपति सि जिनपिङले शनिबार आफ्नो ६६औं जन्मदिन मनाए । जन्मदिनको असरमा भ्लादिर पुटिनले सिलाई आइसक्रिम बक्स गिफ्ट दिए ।

पुटिनले भने, ‘जन्मदिवसको बधाई, मेरो शुभकामना तपाईंको साथ छ । म खुसी छु किनकी तपाईंजस्तो साथी पाएको छु ।’

दुवै नेता ताजिकिस्तानमा आयोजित ‘कन्फरेन्स अन इन्टरेक्सन एण्ड कन्फिडेन्स बिल्डिङ मेजर्स इन एसिया (सीआईसीए)’ को पाँचौ बैठकमा सहभागी भए ।

रुसी राष्ट्रपति कार्यालय क्रमेलिनको वेबसाइटका अनुसार, पुटिन र सिबीचको यो भेट ताजिकिस्तानको राजधानी दशान्बेमा आयोजित सीआईसीए कन्फरेन्सभन्दा पहिला भएको थियो । उक्त कन्फरेन्समा इरान र कतार समेत २७ देशका प्रतिनिधि सहभागी थिए । जिनपिंग गत हप्ता तीन दिवसीय भ्रमणमा रुस गएका थिए । यसक्रममा उनले पुटिनलाई आफ्नो सबैभन्दा राम्रो साथी बताएका थिए ।

क्रेमलिनका अनुसार पुटिनले आइसक्रिमसँगै जिनपिंगलाई एउटा केक र फुलदानी पनि दिएका थिए । यसक्रममा सिले पनि पुटिनलाई चिनियाँ चिया उपहार दिएका थिए । वेबसाइटका अनुसार दुवै नेताले तस्बिर पनि शेयर गरेका थिए । तस्बिरहरुमा दुवै नेताले जन्मदिन मनाउनेक्रममा स्याम्पियनको गिलास समाएको देखिन्छ । भेटको क्रममा सिले पुटीनलाई पुटिन चीनमा एकदमै चर्चित रहेको बताएका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage