scheduleबिहिवार कार्तिक २८ गते, २०७६

बंगलादेशको शानदार जित

एजेन्सी, ३ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले बंगलादेशलाई ३ सय २२ रनको लक्ष्य दिएको थियो । जबाफमा बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट खर्चिदै लक्ष्य पुरा गरेको थियो ।

बंगलादेशका लागि शकिब अल हसनले १२४ रन, लिटोन दासले ९४ रन, तमिम इकवालले ४८ रन, सौम्य सरकारले २९ रन जोडे ।

वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले एकएक विकेट लिन सफल रहे ।

वेष्ट इण्डिजका लागि साई होपले ९६ रन, इभिन लुइसले ७० रन, सिम्रन हिट्मायरले ५० रन, जासन होल्डरले ३३ रन, क्रिस गेल र आन्द्रे रसेलले एक रन पनि जोड्न सकेनन् ।

त्यस्तै निकोलस पुरनले २५ रन जोडे । रेन ब्राभोले १९ रन बनाए।

बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान तीनतीन विकेट लिए ।

बंगलादेशले ५ खेलबाट ५ अंक जोडेको छ ।
वेष्ट इण्डिजको ५ खेलमा ३ रहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage