scheduleबुधवार मंसिर ४ गते, २०७६

अब राष्ट्रसेवकले आफ्ना सन्तानलाई सरकारी स्कूलमै पढाउनुपर्ने


काठमाडौं, ३ असार । सरकारले सार्वजनिक कोषबाट तलबभत्ता खाने राष्ट्रसेवकले आफ्ना छोराछोरीलाई सरकारी स्कूलमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ ।

शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको शिक्षा मन्त्रालयले जनाएको छ । उच्चस्तरीय शिक्षा आयोगले पनि राष्ट्रसेवक कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

सरकारले ल्याएको विधेयक पारित भए झण्डै २८ हजार सामुदायिक विद्यालयको शिक्षा सुधार हुने मन्त्रालयको दावी छ । सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या अहिले करिब ५ लाखको हाराहारीमा छ ।

लामो समयदेखि सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि यस्ता प्रयासहरु भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । राष्ट्र सेवकका सन्तान नै निजी विद्यालयमा पढेपछि सामुदायिक विद्यालय बेवास्तामा पर्दै आएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage