scheduleशनिवार श्रावण ४ गते, २०७६

मौसम खबर- मनसुन आउन अझै केही दिन लाग्ने


काठमाडौं, ३ असार । नेपालमा मनसुन आउन अझै केही दिन कुर्नुपर्ने भएको छ । बङ्गालको खाडीमा विकास भएको मनसुनी बादल बल्ल भारतको सिक्किम आइपुगेकाले अझै मनसुन आउन केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।

पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेकाले नेपालका विभिन्न भेगमा हुने र यसले बढेको गर्मीमा केही घटाउने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अझै पश्चिमी वायुको नै प्रभाव छ ।

मनसुनअघिको अहिलेको वर्षा भने पश्चिमी वायुबाट भइरहेको छ । विभागले जारी गरेको मौसमी जानकारी अनुसार सोमबार देशका पूर्वी भूभाग, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भयो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob