scheduleबुधवार श्रावण १ गते, २०७६

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित १५ बेपत्ता

हुम्ला, ३ असार । हुम्लाको कर्णाली नदीमा जीप खस्दा १५ जना बेपत्ता भएका छन्। । खार्पुनाथ गाउँपालिका–५ बालुकुनास्थित कर्णाली नदीमा दुर्घटनाग्रस्त जिपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दा बढी सवार थिए ।

खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम आउँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुखको बालु कुना नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको निमित्त प्रजिअ पोखरेलले जानकारी दिए ।

नदीमा खसेको जीपको खोजी कार्य भइरहेको छ । उद्दारका लागि सदरमुकाम सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको उनले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob