scheduleआइतवार श्रावण ५ गते, २०७६

१२ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार टुकलाल

पाल्पा, ४ असार । युवकको हत्या गरेर फरार रहेका अभियुक्त करिब १२ वर्षपछि पक्राउ परेका छन्। तानसेन नगरपालिका–१२ लुहुङका ३८ वर्षीय सुनित भन्ने टुकलाल भट्टराई पक्राउ परेका हुन् ।

भट्टराईलाई २०६४ भदौ २ मा पाल्पाका २४ वर्षीय राजु न्यौपानेको हत्या गरेको आरोप थियो। जिल्ला अदालत पाल्पाले २०६५ साउन ४ मा भट्टराईलाई घटनाको मुख्य दोषी ठहर गरी १९ वर्ष १९ दिन कैद सजायको फैसला गरेको थियो। भारतमा लुकिछिपी बस्दै आएका भट्टराईलाई घरमा आएको समयमा मंगलबार बुटवलबाट पक्राउ गरिएको हो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob