scheduleबुधवार मंसिर ४ गते, २०७६

गुठी विधेयकविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं, ३ असार । चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाका नेवार समुदायले विशाल प्रदर्शन गरेका छन् ।

उपत्यकाका विभिन्न ठाउँबाट आएका हजारौं मानिस माइती घर मण्डलामा जम्मा भएर गुठी विधेयकको विरोध गरिरहेका छन् । माइतीघर मण्डलामा जुलुश आउने क्रम अझै जारी छ ।

प्रदर्शनकारीले गुठी विधेयक खारेज गनुपर्ने, धर्मसंस्कृति मास्न नपाइने, सञ्चार मन्त्रीले राजिनामा दिनुपर्ने जस्ता माग राखेका छन् ।
प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमनमा समेत  समस्या परेको  छ ।

उपत्यकाका विभिन्न ठाउँबाट माइतीघर मण्डलामा जुलुस आइरहेको र माइतीघरमा प्रदर्शनकारीको ठूलो भिड भएका कारणले सवारी आवागमन प्रभावित भएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage