scheduleशनिवार श्रावण ४ गते, २०७६

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित

काठमाडौं, ४ असार । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित भएको छ ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति राजकुमार रौनियारले एमडी, एमएस, एमडीएचएच, एमडीएस, एमएससी र एमएचएचमा प्रवेश परीक्षाको मिति पछि सारिएको जानकारी दिए । प्लस टुको रिजल्ट नआउँदासम्म प्रवेश परिक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको र सोहीअनुसार प्रवेश परीक्षाको मिति सारिएको रौनियारले बताए

प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो । त्यो सूचना चिकित्सा शिक्षा ऐनविपरित भन्दै मंगलवारको बैठकमा सांसदहरुले प्रतिष्ठानले निकालेको प्रवेश परीक्षाको सूचना रद्द गर्न माग गरेका थिए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob