scheduleशनिवार आश्विन ४ गते, २०७६

दक्षिण अफ्रिका गर या मरको अवस्थामा

एजेन्सी, ४ असार । एक दिवसीय क्रिकेटअन्तर्गत आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच खेल हुँदैछ ।

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको खेल बर्मिङघममा नेपाली समयअनुसार ३: १५ बजे सुरु हुनेछ ।  आजको खेलमा दक्षिण अफ्रिका जित्नै पर्ने दबाबमा छ । यसअघि खेलेका ५ वटा खेलमा १ मा जीत र १ मा अंक बाँडेको दक्षिण अफ्रिका अंक तालिकामा ३ अंकसहित आठौं स्थानमा छ ।

यता ४ खेलमा ३ मा जीत र १ खेलमा बराबरी अंक बाँडेको न्युजिल्याण्ड ७ अंकसहित तेस्रो स्थानमा छ । आज दक्षिण अफ्रिकालाई पराजित गरे न्युजिल्यान्ड शीर्षस्थानमा उक्लिदै सेमिफाइनल खेल्ने यात्रा बलियो बनाउने छ ।

विश्वकपमा यी दुई देश हालसम्म ७ पटक भिडेका छन् जसमा न्युजिल्यान्ड ५ पटक विजयी हुँदा २ खेलमा पराजित भएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage