scheduleबिहिवार श्रावण २ गते, २०७६

पौडेलले यसरी ठगेका रहेछन् २० करोड

काठमाडौं, ४ असार । सिंगापुरको पानीजहाज कम्पनीमा काम लगाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट गणेशस्थानका प्रवीन पौडेललाई मकवानपुरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पौडेलले काठमाडौंको विशालनगरस्थित ‘द एपेरिङ्क फर्म’ ट्रेनिङ सेन्टर खोलेर तीन सय जनाबाट ६ करोड भन्दा बढी रकम ठगी गरेका छन् । उनले सिंगापुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालिमसमेत दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पौडेलले सिंगापुरमा पाँच लाख नेपाली तलब हुने भन्दै सिंगापुरको जहाज संचालन गर्ने कम्पनीसँग आफ्नो सम्बन्ध भएको बताउने गरेको र सयौंलाई सिंगापुर पठाइसकेको भनेर विभिन्न व्यक्तिबाट करोडौं रुपैया असुली गरेका थिए ।

ढाँटेर प्रत्येक व्यक्तिसँग पाँच लाख असुलेको र ३ सयजनाभन्दा बढीसँग पैसा असुलेर पौडेल फरार भएका थिए । पौडेलविरुद्ध उजुरी गरेपछि प्रहरीले उनको खोजी गरेको थियो । ६ करोड ठगी गरेको उजूरी परेपनि पौडेलले २० करोडभन्दा बढी ठगी गरेर लुकीछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob