scheduleआइतवार श्रावण ५ गते, २०७६

चेक बाउन्स गरी फरार खड्का पक्राउ परे


काठमाडौं, ४ असार । बैंकिङ कसुर गरी फरार काठमाडौं तारकेश्वरका-९ का प्रमोद कुमार खड्का पक्राउ परेका छन् ।

खड्का चेक बाउन्स प्रकरणमा दोषी देखिएका थिए । ०७४ कात्तिक ११ गते उनले प्रशान्त जैसवालको नाममा काटेको २३ लाखको चेकबाट रकम झिक्न सकिएको थिएन । उनलाई नेपाल प्रहरीले म‌ंगलबार काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले खड्कालाई वैशाख १६ गते बैंकिङ कसुर गरेको भन्दै दोषी देखाएको थियो । उनलाई चेकमा उल्लेख गरिएको २३ लाख नै जरिवाना गर्ने फैसला अदालतले गरेको थियो । खड्कालाई २३ लाख जरीवाना र १ महिना कैद राख्ने फैसला भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob