scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

नगरपालिकामा तालाबन्दी


बाजुरा, ५ असार । बाजुराको सदरमुकाम मार्तडीमा दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

जिल्लाको सदरमुकाममा पनि २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् । नगरबासीहरुले खानेपानीका, भाडा, वर्तन, पाईपलाईनसहित बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

नगरपालिकाले सदरमुकाम मार्तडीको खानेपानी व्यवस्थपान गर्नका लागि १ करोड रकम खर्च गरेर ४ वटा खानेपानीका ट्याङकी निर्माण गरेको छ तर चार वटै ट्याङकीमा खानेपानी नहुँदा भने स्थानीय आक्रोशित छन् ।

आफुहरुले खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरेका भएपनि छिट्टै समस्या समाधान गछौँ भनेर टार्ने गरेकोले नगरपालिकामा तालाबन्दी गर्न बाध्य भएको स्थानीय मिना विकले जानकारी दिइन् ।

बडीमालिका नगरपालिकाले खानेपानीलाई व्यवस्थित गर्ने बृहत योजना बनाएको भएपनि समयमै व्यवस्थापन हुन नसकेपछि सदरमुकाम मार्तडीबासी खानेपानी पिउनबाट वन्चित छन् । सदरमुकाम मार्तडीमा झण्डै १७ हजार बढी जनसंख्या बसोबास छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage