scheduleबुधवार फाल्गुन ७ गते, २०७६

महन्थको प्रश्न- गोली लागेर मर्ने सहिद, घाइते चाहिँ अपराधी ?

काठमाडौं, ५ असार । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले संघीय सरकारले मधेसलाई खुल्ला जेल बनाइएको आरोप लगाएका छन् ।

विहीबार बसेको संसदको बैठकमा बोल्दै नेता महन्थले आन्दोलनपछि पनि मधेसी जनता अधिकार सम्पन्न नभएको बताए । ‘मधेस आन्दोलनको क्रममा सरकारको गोली लागेका योद्धाहरु सहिद भए,’ उनले भने, ‘तर त्यति नै बेला आन्दोलनमा घाइते भएकाहरु जेलमा छन् ।’

उनले मधेसका जेलमा मधेस आन्दोलनका योद्धाहरुलाई थुनिरहेको बताउँदै प्रश्न गरे, ‘के अपराधीलाई सहिद घोषणा गरिन्छ ? एउटै आन्दोलनमा मरेका सहिद घोषणा गर्ने र घाइतेलाई जेलमा कोच्ने ?’ उनले रेशम चौधरीलाई जेलमा राखिरहेको सन्दर्भलाई पनि सदनमा उठाए ।

वर्तमान सरकारले जनताको संस्कृतिमाथि आक्रमण गरिरहेको भन्दै पहिचान खोस्ने सरकारी रवैयाको विरोध गरे । भाषा र संस्कार खोस्दै संस्कृतिमा आक्रमण भइरहेको उनको आरोप थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय