scheduleशुक्रवार श्रावण ३ गते, २०७६

जीप दुर्घटनाको शोकमा असार १५ गते सार्वजनिक बिदा

हुम्ला, ५ असार । कर्णाली नदीमा दुर्घटना भएको लु१ज ७१६६ नम्बरको जीपमा परी बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

दुर्घटनामा बेपत्ता भएका यात्रु र जीप हालसम्म भेटिएको छैन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob