scheduleसोमवार आश्विन १२ गते, २०७७

इरानले अमेरिकी ड्रोन खसालेर ठूलो गल्ती गर्‍योः ट्रम्प


एजेन्सी, ६ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी ड्रोन खसालेर निकै ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । इरानको दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा इरानी सेनाले अमेरिकी ड्रोनमा आक्रमण गरेर खसालेको थियो ।

राष्ट्रपति ट्रम्पले मानवीय गल्तीका कारण ड्रोन खसेको हुन सक्ने बताउँदै इरानले नियतवस खसालेको भन्नेमा आफूलाई अझैँ पनि विश्वास नरहेको बताए अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

इरानले भने अमेरिकी ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेकाले खसालिएको दावी गरेको छ । घटनाले अमेरिका र इरानबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ ।

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक तैनाथ गरेको केही दिनमै इरानले अमेरिकी ड्रोनमा आक्रमण गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय