scheduleशुक्रवार श्रावण ३ गते, २०७६

धादिङमा बलेरो दुर्घटना, ४ जनाको ज्यान गयो

धादिङ, ६ असार । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटनामा हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १० जना घाईते भएका छन् ।

गल्छीको सिरुबानीबाट बैरैनी बजार आउँदै गरेको बा १८ च९४०८ नम्बरको जिप दुर्घटनामा परेको घट्नास्थलमा रहेका हेमन्त भण्डारीले जानकारी दिए ।

दुर्घटनमा परी मृत्यु हुनेमा गल्छी गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षीय राजु रम्तेल, सोहि स्थानकै ३२ बर्षीय सेते मिजार, गल्छी गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षीय कान्छी भुजेल र गल्छी ६ कै ३५ बर्षीया नानु तामाङ रहेका छन् । दुर्घटनामा परी घाईते भएकाहरूको उद्धार गर्ने क्रम चलिरहेको स्थानीयले जानकारी दिएका छन् ।

घाईते १० जनालाई उपचारको लागि काठमाडौं लाने तयारी भईरहेको छ । बोलेरो जिप गाउँबाट तरकारीसहित यात्रु लिएर बैरेनी बजारतर्फ आउदै गरेको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob