scheduleबिहिवार श्रावण २ गते, २०७६

ओली कमरेड ! पञ्चहरुले तपाईंलाई पनि यस्तै गरेका थिए ?


काठमाडौं, ६ असार । अस्पतालमा भर्ना हुनुपर्ने स्वास्थ्य अवस्था । जनताले भारी मतले विजयी गराएका सांसद । उनी अस्पतालको बेडमा छन् तर खुट्टामा नेल झुण्ड्याइएको छ ।

यो दृश्य हो सांसद रेशम चौधरीको । उनी अहिले वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

चौधरीलाई परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् । डिल्लीबजार कारागारमा जेल सजायँ भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीको अवस्था र उनीप्रति सरकारले गरेको व्यवहारबाट आजित भएर वरिष्ठ पत्रकार किशोर नेपाल लेख्छन्, ‘सांसद रेशम चाैधरीसँग शत्रुवत व्यवहार गरेकाेछ सरकारले । याे बर्बर सरकारी व्यवहारका बारेमा के भन्छन् देशका विज्ञजन र मानव अधिकारवादी ? खुट्टामा नेल ठाेकेर अस्पतालमा उपचार । गडबड छ याे ओली तन्त्र ।

पारिवारिक स्रोतका अनुसार चौधरीको फोक्सो र ढाडमा समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको हो । चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको छ । अस्पतालभित्रै पनि दमन नरोकेको परिवारका सदस्यहरुको गुनासो छ ।

दुई सातादेखि बिमार चौधरीलाई जेल प्रशासन र चिकित्सकको सल्लाहमा बिहीबार अस्पताल भर्ना गरिएको हो । फोक्सोमा समस्या उत्पन्न भएपछि उनलाई सास फेर्न गाह्रो हुने गरेको छ । ढाडको बोनम्यारोमा पनि समस्या देखिँदा उनी हिँडडुल गर्न नसक्ने भएका छन् ।

टीकापुर घटनापछि देशमा रहन नसक्ने भएपछि निर्वासनमा बसेका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वाचित भएका थिए ।

अर्का पत्रकार तथा लेखक कुसुम भट्टराई ‘आदिम बर्बरता’ शीर्षक दिएर फेसबुकमा लेख्छन्-

राजबन्दीलाई अस्पतालमा उपचार गरिरहँदा पनि यसरी गोडामा फलामे साङ्लो बाँध्ने हर्कत मैले २०४६ साल यता देखेको थिइन । पहिलो पटक यस्तो आदिम बर्बरता देख्दा स्तब्ध छु । प्रधानमन्त्री ओलीजीले आफु १४ वर्ष जेल बस्दासमेत यस्तो बर्बरता भोग्नुभएको थिएन होला । यो हिटलरी शैली हो, इदी अमीन र मुसोलीनीहरुले गर्ने हर्कत हो । राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोग र नेपालस्थित सम्पूर्ण मानवअधिकारवादीहरुले रेशम चौधरीमाथिको यो हर्कतविरुद्ध एक्सन चाल्नुपर्छ ।

यति मात्र हैन, एउटा विरामीमाथि यो हदसम्मको मिस विहेभ भइरहेकोमा देशभरका चिकित्सकहरु किन मौन ? के बिरामीको उपचार यसरी हुन्छ ? अस्पताल भर्ना भइसकेपछि रेशम चौधरी बिरामी हो, बिरामीमाथि बिरामीकै ढंगको व्यवहार हुनुपर्छ । यो चिकित्सकीय इथिक्सविपरीत हो । चिकित्सक संघले तत्काल यसमा आपत्ति जनाएर त्यो साङ्लो फुकाउन लगाओस् ।

ज्ञानेन्द्र तामाङ ट्वीट गर्दै भन्छन्-

खगेन्द्र भण्डारी लेख्छन्-

महेन्द्र धमला भन्छन्-

सुरेन्द्र कु. बम्जन भन्छन्-

दिल निशानी मगरको प्रतिक्रिया भने यस्तो छ-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob