scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

कुन्ताबेसीमा घर भत्किँदा १ गम्भीर


काभ्रे, ७ असार । मण्डनदेउपुर नगरपालिका–७, कुन्ताबेसीमा घर भत्किँदा एक महिला गम्भीर घाइते भएकी छन् । दुई जनाको उद्धार गरिएको छ ।

शनिबार बिहान तीन बजे नवराज सापकोटाको घरको पर्खाल भत्किँदा थलप्रसाद सापकोटोको घरमा डेरा गरी बस्ने ४६ वर्षीया विष्णुमाया तामाङ घाइते भएकी हुन् । उनका श्रीमान् र दुई वर्षीया छोरी पुरिए पनि दुवै जनाको सकुशल उद्धार गरिएको हुगुवापाटी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सानोकाजी तुलाधारले जानकारी दिए ।

स्थानीयवासीको सहयोगमा पुरिएका तीनै जनाको तत्कालै उद्धार गरिएको हो ।

तामाङको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

नगरकोट घर भएका तामाङ दम्पति सापकोटाको घरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । भारी वर्षाका कारण पर्खाल भत्किएको हो । रासस

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage