scheduleमगलवार कार्तिक २६ गते, २०७६

ट्विटरमा पनि बलियो बन्दै विराट, सचिनलाई उछिने


नयाँ दिल्ली, ७ असार । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली क्रिकेटको मैदानमा जस्तै बलियो बन्दै छन् सामाजिक सञ्जालमा पनि । विराटले मास्टरब्लास्टर सचिन तेन्दुलकरलाई पछि उछिनेका छन् ।

ट्विटरमा विराट कोहलीको ३ करोड १ लाख फलोअर्स रहँदा सचिनको भने २ करोड ९४ लाख फलोअर्स छन् । यद्यपि, क्रिकेटको मैदानमा भने सचिनसँग विराटको तुलना गर्ने बेला भइसकेको छैन ।

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको भने ट्विटरमा करीब ८० लाख मात्र फलोअर्स छन् । ३० मिलियन फलोअर्स पुगेको अवसरमा विराटले शुभचिन्तक र फलोअर्सलाई धन्यवाद ज्ञापन गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage