scheduleआइतवार श्रावण ५ गते, २०७६

फिल्मविहिन बने शाहरुख, भन्छन्- परिवारका साथ समय बिताउन चाहन्छु


मुम्बई, ७ असार । शाहरुख खान अन्तिमपटक गत वर्ष डिसेम्बरमा रिलिज भएको ‘जिरो’मा देखिएका थिए । उक्त फिल्म बक्सअफिसमा फ्लप सावित भयो । निर्देशक आनन्द एल रायको उक्त फिल्मपछि शाहरुखले अहिलेसम्म कुनै पनि नयाँ प्रोजेक्ट घोषणा गरेका छैनन् । एक अंग्रेजी म्यागजिनमा शाहरुखले यसबारे मुख खोलेका छन् ।

‘मसँग अहिले कुनै फिल्म छैन’
उक्त म्यागजिनमा शाहरुखको हवाला दिँदै लेखिएको छ, ‘मसँग अहिले कोई फिल्म छैन । म कुनै फिल्ममा काम गरिरहेको छैन । सामान्यतयाः पुरानो फिल्म सकिनासाथ नयाँ फिल्म सुरु गर्ने परम्परा हुन्छ । तीन-चार महिनामा त्यसमा सहभागी भइन्छ । तर, यसपटक मलाई यस्तो लागिरहेको छैन ।’

‘मेरो मनले मलाई अनुमति दिइरहेको छैन’

शाहरुखले अगाडि थपे, ‘मलाई मेरो मनले अनुमति दिइरहेको छैन । केही समय अझै लिनुपर्छ भन्ने मलाई लागिरहेको छ । फिल्म हेर्नुपर्छ, कथा सुन्नुपर्छ र धेरैभन्दा धेरै पुस्तकहरु पढ्नु आवश्यक हुन्छ ।’
उनले अगाडि थपे, ‘मेरा बच्चाहरु अहिले कलेज स्तरमा पढिरहेका छन् । छोरी सुहाना कलेज गइरहेकी छिन्, र छोरा आर्यन पढाई सक्न लागिरहेको छ । यसकारण म धेरै समय आफ्नो परिवारसँग बिताईरहेको छु ।’

जब जिरो बारे कुरा गरे शाहरुखले

अप्रिलमा चीनको बेइजिङमा भएको इन्टरनेशनल फिल्म फेस्टिभलमा जीरोको स्क्रिनिङ राखिएको थियो । त्यहाँ शाहरुख पनि उपस्थित थिए । स्क्रिनिङ अगाडि उनले भनेका थिए, ‘म तीन महिनापछि फिल्म हेर्द जाँदैछु । यसकारण मेरो लागि यो एकदमै महत्वपूर्ण हो । हुनसक्छ, गल्ती कहाँ भएको थियो भन्ने मैले थाहा पाउनेछु । दुर्भाग्यवश भारतमा यसले राम्रो प्रतिक्रिया पाएन । हुनसक्छ मैले राम्रोसँग कथा भन्न सकिनँ । यसकारण यहाँ फिल्मको प्रतिक्रिया कस्तो आउँछ भनेर म चिन्तित छु । आशा छ, यहाँका दर्शकले मन पराउनेछन् ।’

५ वर्षदेखि हिट फिल्म दिन असफल
शाहरुखले २०१४ मा अन्तिम हिट फिल्म ह्याप्पी न्यू इयरमा आएको थियो । यसपछि उनी बक्स अफिसमा निराश छन् । यसबीच उनले २०१५मा दिलवाले, २०१६ मा फ्यान, २०१६ मै ए दिल है मुश्किल, २०१६ मै डियर जिन्दगी, २०१७ मा रईस र जब ह्यारी मेट सेजल र २०१८ मा जीरोमा काम गरे । यसमध्ये केवल डियर जिन्दगी बक्स अफिसमा सफल रह्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob