scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

वर्षाले भरतपुरका सबै उडान रद्द


भरतपुर, ७ असार । लगातारको वर्षाका कारण आज भरतपुर विमानस्थलका सबै उडान रद्द भएका छन् । भरतपुर नागरिक उड्डयन कार्यालयका अनुसार ‘भिजीबिलिटी’ नपुगेका कारण उडान अवरुद्ध भएका हुन् ।

उडानका लागि पर्याप्त भिजीबिलिटी नपुगेका कारण उडान रद्द भएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रबन्धक केशव लम्सालले जानकारी दिए । ‘उडानका लागि भिजीबिलिटी पाँच हजार मिटर हुनुपर्छ’, उनले भने, ‘आज एक हजारदेखि दुई हजारसम्म मात्र भिजीबिलिटी पुग्यो ।’

आकाश एक हजार ५०० फिट खुल्नुपर्नेमा जम्मा एक हजारभन्दा माथि जान नसकेको उनले बताए । उडान रद्द भएपछि यात्रु गन्तव्यमा जान पाएनन् । भरतपुर विमानस्थलबाट दैनिक आठ उडान हुने गरेका छन् ।

बुद्ध एयरको पाँच र यती एयरको चार उडान नियमित हुने गरेको छ । बुद्ध एयरले चार उडान काठमाडौँ र एक उडान पोखराका लागि भर्ने गरेको छ । (रासस)

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage