scheduleबिहिवार आश्विन २ गते, २०७६

राजेशपायलले गाए डा. अच्युत शर्माको जय जय नेपाल

नर्थ क्यारिलोना, ८ असार । सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका प्राडा अच्युत शर्मा पछिल्लो समय नेपाली गीत संगीतमा उदाएका छन् ।

शर्माको ‘जय जय नेपाल’ बोलको राष्ट्रिय गीत लोकप्रिय गायक राजश पायल राइको स्वरमा यु ट्युबमार्फत् हालै सार्वजनिक भएको छ । यो गीतमा संगीत खेम विश्वकर्माको रहेको छ भने संगीत संयोजन पुस्कर सुनुवारले गरेका छन् ।

देशमा विद्यमान पछिल्लो राजनीतिक परिदृश्यमा राष्ट्रियताको सवाल कम्जोर हुँदै गएको सन्धर्भमा गीत संगीत मार्फत एकताको सुत्रमा सुत्रबद्ध गर्न सकियोस् भनेर आफुले यो गीत सिर्जना गरेको बताउँछन् गीतकार शर्मा ।

नेपाली सांगीतिक वजारमा आएका प्रायजसो राष्ट्रिय गीतहरूभन्दा पृथक स्वादमा पस्कने प्रयास स्वरुप आफुले लोक र रक संगीतको फ्युजनबाट यो गीतको संगीत तयार पारेको र यो गीतले स्रोताहरुलाई “इन्गेज” गराउने कुरामा संगीतकार विश्वकर्मा विस्वस्त छन् ।

गीत सुन्नको लागि लिंक-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage