scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

वर्षासँगै बाढी-पहिरोको जोखिम, सतर्क रहन सर्वसाधारणलाई अपिल

काठमाडौं, ८ असार । मनसुस सक्रिय भएसँगै खहरे तथा साना खोलाहरुमा तिव्र बहाबको संभावना, बाढी पहिरोको जोखिम बढेको छ ।

पहाडी र चुरे क्षेत्रका खहरे खोलाको बहाब बढ्ने भएकाले तराई र पहाडका बेसीहरुमा सतर्कता अपनाउन  गृह मन्त्रालयले सर्वसाधारणलाई अपिल गरेको छ । विशेषगरी गण्डकी र कर्णाली प्रदेशका पहिरोग्रस्त क्षेत्रमा लेदोसहित खहरे र साना खोला अकस्मात बढ्न सक्ने भएकाले  जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको हो ।

बिहीबारदेखि नेपाल भित्रिएको मनसुन पश्चिमी भेगमा बढी सक्रिय भएको छ । मौसमविद्हरुका अनुसार दुई दिनसम्म पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने सम्भावना बढेको छ ।

शनिवार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय भएको थियो ।

वर्षासँगै बाढी पहिरोको सम्भावना रहेकोले सतर्क रहन मौसमविद्ले सुझाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली भई केही स्थानहरुमा वर्षा भइरहेको छ । आइतबार उच्च हिमाली भागहरुमा हिमपातको अनुमान गरिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage