scheduleशुक्रवार श्रावण ३ गते, २०७६

क्रिश्चियन धर्म प्रचार गर्दै हिड्ने २ जना पक्राउ

बर्दिया, ८ असार । इसाई धर्म प्रचार प्रसार गर्दे हिँडेका एक अमेरिकी र नेपाली नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बासगढी नगरपालिका–४ अस्नेरीमा घरघरमा गएर धर्म प्रचारप्रसार गर्दै हिडेको अवस्थामा २१ वर्षीय अमेरिकी नागरिक ब्राडेली नाभार र बासगढी –४ का २७ वर्षीय हिरासिंह सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

नाभार र सुनारबाट धर्म प्रचारसम्बन्धी सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । दुबैजनाविरुद्ध धर्म सम्बन्धी कसुरको मुद्दा चलाइएको समेत प्रहरीको भनाइ छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob