scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

अवैध सुनको कारोबार बढ्दो, ११ महिनामा १०७ जना पक्राउ

काठमाडौं, ८ असार । पछिल्लो पटक अवैध सुनको कारोबारमा वृद्धि हुँदै गएपछि प्रहरी सक्रिय भएको छ । नेपाल प्रहरीले  एघार महिनाको अन्तरालमा १ सय ७ जना अवैध सुन कारोबारी पक्राउ परेको जनाएको छ ।

सुनको अवैध कारोबार बढेको थाहा पाएपछि नेपाल प्रहरी  थप सक्रिय भएको हो  । चालु आर्थिक वर्षको ११ महिनामा सुनको अवैध कारोबारमा संलग्न १ सय ७ जना पक्राउ परेका छन् ।

यस अवधिमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत ४ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना अवै सुन कारोबारी पक्राउ परेका छन् ।

गत आर्थिक वर्ष २०७४/०७५ मा अवैध सुन ओसार पसार कार्यमा संलग्न ९० जना मात्र पक्राउ परेका थिए । तर यो वर्ष भने उक्त संख्यामा वृद्धि भएको छ ।

प्रहरीका अनुसार कतिपय व्यक्ति सुनको अवैध कारोवारमै संलग्न छन् भने कतिपय व्यक्ति प्रचलित कानुनबारे अनविज्ञ भएका कारण तोकिएको परिमाण भन्दा बढी सुन साथमा लिएर हिँड्दा समेत पक्राउ पर्ने गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage