scheduleशनिवार भाद्र ७ गते, २०७६

नेपालीमै समाचार पढेर सुनाइदिने एप्स आयो


काठमाडौं, ८ असार । समाचार पढ्न नसक्ने वा पढ्न समय नभएका पाठकहरुलाई नेपालीमा समाचार पढेर सुनाइदिने एप्स आएको छ । जिनियस सिस्टम्सले जारी गरेको मोबाइल एप ‘टाइम्स अफ नेपाल’ले समाचार आवाजसहित प्रस्तुत गर्ने गरी एपलाई अपडेट गरेको हो ।

यस एपमा अब पाठकहरुले समाचार पढ्ने मात्र हैन सुन्न पनि सक्नुहुन्छ । अब ‘टाइम्स अफ नेपाल’मा मोबाइल आफैले पाठकहरुलाई समाचार पढेर सुनाइदिने भएको हो । हाललाई यो फिचर एन्ड्रोइडमा मात्र उपलब्ध हुने छ । यो फिचर प्रयोग गर्नका लागि इन्टरनेटको आवश्यकता पर्नेछ ।

यो फिचरले लेख-पढ गर्न नसक्ने, वा समाचार पढ्न समय दिन नसक्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि धेरै नै उपयोगी हुने देखिएको छ ।

एप लञ्च भएको छोटो समयमा नै गुगलले नेपालको न्युज एण्ड म्यागेजिन एपको ट्रेन्डिङ्को सूचीमा प्रथम स्थानमा राखेको थियो । नेपाली पाठक वर्ग माझ लोकप्रिय बन्दै गएको यो एपमा अहिले विभिन्न फिचरहरु थपेको छ ।

साथै ‘टाइम्स अफ नेपाल’मा मिति तथा मौसम पनि हेर्न मिल्ने सुविधा राखिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage