scheduleआइतवार श्रावण ५ गते, २०७६

उपमहानगरपालिकाको बैठकमा कुर्सी हानाहान


बारा, ८ असार । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुर्सी हानाहान भएको छ । बैठकमा राष्ट्रिय जनता पार्टी र नेपाली काँग्रेसका ७ जना वडा अध्यक्षहरुले कुर्सी हानाहान गरेका हुन् ।

आर्थिक बर्ष २०७५/०७६ को आम्दानी र खर्च पारदर्शी नगरेको, आर्थिक वर्ष २०७६/०७७ को लागि आएको बजेट १ खर्ब २८ करोड ८५ लाख ६६ हजारको बाड्फाड गोप्य राखेको, नगरस्तरीय बजेट थुपारेर कार्यकर्ता पाल्ने खेलमा लागेको लगायतको आरोप उनीहरुको छ ।

उनीहरुले कार्यपालिका बैठकमै नाराबाजी गर्दै मेयरलाई कालो झण्डा देखाएका थिए । केही बेर उनीहरु हातमा कालो कपडा बाँधी मुल गेटमा प्रदर्शनमा उत्रिए ।

वडा नं. ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले कार्यपालिका बैठकमा भएको निर्णयको माईन्युटमा आफनो असहमति जनाउन पाउने की नपाउने भनी प्रश्न गरे । कार्यपालिका बैठकको माईन्युटमा नोट अफ डिसेन्ट लेख्ने अधिकार भएपनि पनि मेयरले बहुमतको दम्भमा लेख्न नदिएको उनको भनाइ छ ।

त्यस्तै वडा नं. १० का वडा अध्यक्ष सरोज पटेलले मेयर, उपमेयर सबै नगरस्तरीय बजेट आफना पार्टीका वडा अध्यक्ष जितेको ठाउँमा मात्र खर्च गर्ने तर अरु पाटीले जितेका वडामा षड्यन्त्रपूर्वक फ्रिज गराउने खेलमा लागेको आरोप लगाए ।

आर्थिक बर्ष २०७६/०७७ को लागि न्यनतम् वडामा ६० लाख र बाँकी जनसङ्ख्या र क्षेत्रफलको हिसाबले बजेट बाँढ्ने गरेको निर्णयको काँग्रेस र राजपाका वडा अध्यक्षहरुले विरोध गरेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob