scheduleबुधवार श्रावण १ गते, २०७६

खाजा खान बोलाएर युवतीको सामूहिक बलात्कार, १ पक्राउ


काठमाडौं, ९ असार । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो ।

ती दुई यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए । बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन् । अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए ।

तर गुहार माग्दै आएकी ती युवतीलाई हसनापुर गाउँका ४ युवाले सामूहिक बतात्कार गरेका हुन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ । अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

सामूहिक बलात्कारपछि गम्भीर बनेका दुवै युवतीको स्वास्थ्य उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob