scheduleबुधवार मंसिर ४ गते, २०७६

‘सरकारविरुद्ध चौतर्फी आक्रमण’

उदयपुर, ९ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार विरुद्ध बाह्य र भित्री रूपमा चौतर्फी आक्रमण भइ रहेको बताएका छन् ।

प्रेस संगठन उदयपुरले सोमबार  गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले सरकारले गरेका राम्रा कामलाई पनि नराम्रो भन्दै प्रचार प्रसार भएको आरोप लगाए ।

‘संघीयता कसैको चाहनाले र कसैको रहरले नआएको भन्दै मुख्यमन्त्री राईले संघीयता असफल हुन  नसक्ने बताए ।  ‘हामी संघीयतलाई कार्यान्वय गरेरै छाड्ने छौ, सम्बृद्धि नेपाली, सुखी नेपालीको चाहना पुरा गरेरै छाड्ने छौँ ‘ मुख्यमन्त्री राईले भने।

उनले सरकारको विरुद्ध बोलेर, प्रचार प्रसार गरेर संघीयता असफल नहुने दाबी समेत गरे ।

प्रदेश सरकारले कृषि र पर्यटनलाई जोड दिएको बताउदैं उनले  प्रदेश सरकार नयाँ भएकाले गत वर्ष खासै उपलब्धी नदेखिए तापनि आगामी आर्थिक वर्षबाट प्रदेश सरकारको कामकारबाहीमा उल्लेख्य प्रगति हुने मुख्य मन्त्री राईले उद्घघोष गरे ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage