scheduleआइतवार श्रावण ५ गते, २०७६

माइल ज्याक्सनको पूण्य तिथी : निजी जीवन र मृत्युबारे केही यस्ता थिए रोचक तथ्य

एजेन्सी, १० असार । ‘किङ अफ पप’ को नामले विश्व चर्चित माइकल ज्याक्सन मृत्यू पछि पनि चर्चामा छन् । आजको उनको पूण्य तिथी पनि हो । १९६४ बाट आफ्नो करियरको शुरुवात गरेका माइकल ज्याक्सन ८० को दशकको शुरुवात तिरै आफ्नो कलाको जादूका कारण पप संगीत र मनोरञ्जनको दुनियाँमा नामी सितारा बनिसकेका थिए ।

२००९ मा लस एन्जलसस्थित आफ्नै घरमा माइकल ज्याक्सन मृत फेला परेका थिए । उनको मृत्युको कारण कार्डियक अरेस्ट भएको बताइएको छ । माइकल ज्याक्सन एकमात्र यस्ता गायक, गीतकार, पप डान्सर हुन् जसलाई ‘रक एण्ड रोल हल अफ फेम’मा शामिल गरिएको थियो ।

आज हामी उनको जीवनबारे केही रोचक प्रसंगहरु खोतल्दै छौं ।

माइकल ज्याक्सनको पप र रक संगित आज विश्वभरी नै प्रचलित छ । उनको नाममा १३ ग्रैमी अवार्ड, ग्रैमी लिजेन्ड अवार्ड, ग्रैमी लाइफटाइम अचीभमेन्ट अवार्ड, २६ अमेरिकी म्युजिक अवार्ड दर्ता भएका छन् । जुन राती उनको मृत्यु भयो त्यस समय उनी एक कन्सर्टमा परफर्म गर्ने तयारीमा थिए । भनिन्छ माइकल ज्याक्सनले आफ्नो मृत्युको केही दिन अघि परफर्मेन्सको समयमा आफूलाई गोली हानेर मार्ने आशंका व्यक्त गरेको उनको एक मित्रले २०१३ मा खुलाएका थिए । माइकल ज्याक्सनसँग उनको अन्तिम दिनहरुमा भेट्ने उनका निकटवर्तीहरु उनी आफ्नो अन्तिम समयमा विरामी जस्तो नदेखिने गरेको स्फुर्त देखिएको बताउँछन् ।

उनी त्यस समय एउटा यस्तो कन्सर्टको तयारीमा थिए जसका लागि दिनरात रिहर्सलमा व्यस्त थिए ।

माइकल आफ्नो निजी जीवनबारेका विवादमा कमै तानिन्थे । उनले राम्रो लुक पाउनका निम्ति प्लास्टिक सर्जरी गराए थिए  । यद्यपी उनले मात्र दुईपटक मात्र सर्जरी गरेको स्वीकार गरेका थिए । माइकल ज्याक्सनका अंगरक्षक विल र जैवनलाई उनीहरुको घरपरिवारसँग आफूहरु माइकल जैक्सनका लागि काम गर्नेबारे सुनाउने अनुमति थिएन ।

माइकल ज्याक्सनको पुस्तक ‘रिमेंबर द टाइम : प्रोटेक्टिंग माइकल ज्याक्सन इन हिज फाइनल डेज’ मा उनको घरभित्र उनको आमा कैथरीन जैक्सन बाहेक कोही पनि बिना अनुमति आउन नसक्ने लेखिएको छ । माइकल आफ्नो निजी जीवनलाई गोप्य राख्न मनपराउँथे । एकपटक उनले वासिङटनको एउटा होटलको भित्तामा लगाइएको सिसिटिभी क्यामरालाई हातले फुटाएका थिए ।

माइकल ज्याक्सनलाई १३ वर्षको एक बच्चामाथि यौन उत्पीडनको आरोप लागेको थियो । तर उनले आफूलाई बच्चाहरु मनपर्ने भन्दै त्यस आरोपको खण्डन गरेका थिए र पछि त्यसमा मुद्दा चल्यो र उनलाई निर्दोश ठह्रीए ।

माइकल ज्याक्सनले विश्वलाई रोबोट र मूनवाक जस्ता विशेष किसिमका डान्सहरु लगायत हिप हप, पोस्ट डिस्को, कंटेम्पोररी आरएंडब, पप र रक हरुसँग साक्षात्कार गराए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob